कानुनका विद्यार्थीहरुद्वारा बालबालिकालाई प्रशिक्षण

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

पश्चिमाञ्चल माध्यामिक विद्यालयमा पोखरामा कानुन विषय अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले शुक्लागण्डकीका विद्यार्थीहरुलाई बालबालिका सम्बन्धी नेपालको वर्तमान कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका छन् । ढोरफिर्दीमा आइतबार आयोजित कानुन विषयक प्रस्तुतीकरण कार्यक्रममा नगरपालिकामा तीन विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई सहभागी गराइएको थियो । कार्यक्रममा गाउँफर्कोदय मावि गणपते, पञ्चमुनिदेव मावि दुलेगौँडा र खैरेनी माविका विद्यार्थीहरु सहभागी गराइएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले संबिधानमा बालबालिकाको हकअधिकार सम्बन्धी व्यवस्था, फौजदारी तथा देवानी सम्बन्धी मुद्दा एवं कसुर, मुलुकी देवानी संहिता २०७४, सम्बन्ध विच्छेद भएकोमा नावालकको पालन पोषण सम्बन्धि व्यवस्था, अंशवण्डा सम्बन्धि व्यवस्था, माथवर सम्बन्धि व्यवस्था, धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था, करणी सम्बन्धी कसुर, वडा समिति तथा न्यायिक समितिको काम, कर्तव्य र क्षेत्राधिकारका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सविता रसाइलिले बाल हिंसाको बिषयमा बालबालिकाहरुलाई प्रभावकारी रुपमा बुझाउन जरुरी रहेको बताइन् । उनले विद्यालयमा शिक्षकहरुबाटै बालबालिकाहरु माथि विभिन्न किसिमका शोषणहरु भइरहेकाले बालबालिकाहरुले कानुनबारे जान्नै पर्ने र आफुमाथि हुने हिंसाको विरुद्ध खुलेर बोल्नुपर्ने बताईन । उपप्रमुख रसाइलीले कार्यक्रम विद्यार्थीहरुका लागि मात्रै नभएर आफुहरुका लागि पनि निकै प्रभावकारी भएको बताइन् । उनले आफुहरु कानुनको विज्ञ नभएकाले न्यायिक समितिमा आउने विभिन्न किसिमका मुद्धाको कार्य सम्पादनमा अप्ठ्यारो हुने गरेमा कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको बताइन् ।

पश्चिमाञ्चल माविका प्राचार्य तारानाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी-९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ, ७ का रामबहादुर क्षेत्री थापा, इलाका प्रहरी कार्यालय बेलचौतराका सहायक निरीक्षक सुनिल ओझा लगायतले कानुन हरेक व्यक्तिले जान्नै पर्ने भएकाले यस्ता किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । विद्यार्थीद्वय अनुप लामिछाने र करुणा वाग्लेले अनुभव मन्तव्य राख्दै कार्यक्रम निकै प्रभावकारी भएको बताए ।

कानुन विषय अध्ययनका लागि पोखरा पुगेकी ढोफिर्दीकी रचना शाही ठकुरीले कानुनी सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन । स्थानीय क्षेत्रमा कानुन सम्बन्धी जानकारी कम हुने हुँदा यस्ता कार्यक्रमले चेतना अभिवृद्धिमा सहयोग पुग्ने ठकुरीको भनाई छ । शुक्लागण्डकी नगरपालिका भित्र कुनै पनि विद्यालयमा कानुन सम्बन्धी बिषयको अध्यापन नहुने भएकाले पोखराबाट आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउन विशेष पहल गरेको पत्रकार समेत रहेका अनिष भट्टराइले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker