रोकिराखेको मिनी ट्रकमा स्कुटर ठोक्किदा चालकको मृत्यु

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तनहुँको डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग२२प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकिराखेको बा१क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५÷३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएकी छन् ।

दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरी अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker