पत्रकार कल्याणकारी कोषमा अधिकारीद्वारा आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा म्याग्दे गाउँपालिका-२ जामुने पिपलडिही निवासी रमेश अधिकारीले आर्थिक सहयोग गरेका छन् । अधिकारले कोषका लागि २ हजार ५५१ रुपैयाँ महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गरेका हुन् ।
जामुनेको पिपलडिही टोल विकास संस्थाका अध्यक्ष समेत रहेका अधिकारीहरुले संचारकर्मिहरुको हितमा प्रयोग हुने कल्याकारी कोषमा आफुले स्वस्फुर्त रुपमा सहयोग गरेको बताए । व्यवसायी समेत रहेका अधिकारीलेे कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको बताए । कोषमा रकम प्रदान गरेकोमा शाखा अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गरेका छन्।










