चाडपर्वलाई लक्षित गरी तनहुँका स्थानीय सरकारले गर्न थाले बजार अनुगमन

नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले अनुगमन सुरु गरेका हुन् । चाडपर्वको मौका छोपी कृत्रिम अभाव गर्ने र महँगी बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि अनुगमन सुरु गरिएको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । नगर क्षेत्रभित्र सञ्चालित खाद्यान्न पसलमा अनुगमन थालिएको र यो निरन्तर रहने उहाँले बताउनुभयो । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गर्ने गरिएको छ ।

व्यास नगरपालिकाले आइतबारबाट बजार अनुगमन सुरु गरेको हो । व्यास–३ स्थित गुप्ता किराना पसल, चन्द्रकेशरी तरकारी पसल, विजय तरकारी पसल, राजकुमार किराना पसललगायतमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मूल्यसुची सर्वसाधारणले देख्ने ठाउँमा राख्न, नगरपालिकामा व्यवसाय दर्ता गर्न सुझाव दिइएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिकाले पनि बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ । खाद्यान्न, किराना, तरकारी पसलमा निरन्तर अनुगमन जारी राखिने उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाले पनि बजार क्षेत्रमा अनुगमन सुरु गरेको छ । गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बन्दीपुर–१ डुम्रे बजारमा अनुगमन सुरु गरिएको वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पनि कार्य क्षेत्रभित्रका पाँच जिल्लामा अनुगमन निरन्तर राखेको प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिनुभयो । “चाडपर्वका बेला मात्र नभई कार्यालयको तर्फबाट निरन्तर अनुगमन भइरहन्छ”, उहाँले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुद कार्य क्षेत्रभित्रका जिल्लामा अनुगमन चलिरहेको छ ।” उक्त कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको बजार अनुगमनको अधिकार छ ।

स्थानीय तहका अलवा जिल्ला प्रशासन कार्यालय तनहुँको तर्फबाट पनि बजार अनुगमन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । “स्थानीय तहका अलवा हाम्रो तर्फबाट पनि बजार अनुगमनलाई सहयोग भइरहेको छ, अरु बेलाभन्दा चाडपर्वमा विशेष चनाखो भएर बजार अनुगमन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker