तनहुँको प्रारम्भिक जनसंख्या : ३ लाख २६ हजार ९६२, ३ हजार ६७४ जनसंख्या बढ्यो

भञ्ज्याङ समाचारदाता/दमौली

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार तनहुँको जनसंख्या ३ लाख २६ हजार ९६२ देखाइएको छ । विभागको विवरणमा १ लाख ५२ हजार ३४२ पुरुष र १ लाख ७४ हजार ६२० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा ३ हजार ६७४ जनसंख्या थपिएको देखाइएको छ । २०६८ सालको जनगणनामा तनहुँको जनसंख्या ३ लाख २३ हजार २८८ थियो । जसमा १ लाख ४३ हजार ४१० पुरुष र १ लाख ७९ हजार ८७८ महिलाको जनसंख्या रहेको थियो । सार्वजनिक प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकाको जनसंख्या छ भने सबैभन्दा कम घिरिङ गाउँपालिकाको देखिएको छ ।

विभागको प्रारम्भिक विवरण अनुसार व्यास नगरपालिकाको ८० हजार ९४४, भानु नगरपालिकामा ४३ हजार दुइ सय ५५, शुक्लागण्डकी नगरपालिकामा ५५ हजार ७४९, भिमाद नगरपालिकामा ३३ हजार ७७, देवघाट गाउँपालिकामा १४ हजार ९४१, आँबुखैरेनी गाउँपालिकामा २२ हजार ३४९, बन्दिपुर गाउँपालिकामा १९ हजार ४०३, म्याग्दे गाउँपालिकामा २३ हजार ३८५ र ऋषिङ गाउँपालिकामा १८ हजार ८२१ र घिरिङ गाउँपालिकाको १५ हजार ३८ जनसंख्या रहेको छ । जिल्लामा जनसंख्या वृद्धि दर वार्षिक ०.१३ छ ।

त्यस्तै जिल्लामा जनगणना घर संख्या ८१ हजार ६४७ रहेको छ भने ९३ हजार १७३ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । जिल्लामा लैंगिक अनुपात ८७.५३ रहेको देखाइएको छ ।

यस्तै तनहुँका १.७७ प्रतिशत जनसंख्या परिवारमा अनुपस्थित (विदेशमा) रहेको देखिन्छ । जसअनुसार ३८ हजार ४४० जना विदेशमा रहेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३४ हजार १५४ जना पुरुष र ४ हजार २८६ जना महिला रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker