पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले बुझायो ज्ञापन पत्र

तनहुँ : पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले ज्ञापन पत्र बुझाएको छ । आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाउदै प्रेस सेन्टर नेपाल तनहुँले पेशागत सुरक्षाको माग गरेको हो ।

प्रेस सेन्टर नेपाल तनहुँकी अध्यक्ष अस्मिता खनाल, सचिव विनोद ढुंगानाले ७ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । सार्वजनिक समारोह र सामाजिक सञ्जालबाट पत्रकार र पत्रकारिता जगतमाथि भइरहेको आक्रमणको अन्त्यका लागि ध्यानाकर्षण गराएको अध्यक्ष खनालले बताइन् ।

‘परिवर्तनका लागि कलम चलाएकै कारणले धाकधम्की, ज्युधनको असुरक्षा खेप्नुपर्ने स्थिति छ । सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गरेकै कारण असुरक्षित हुने वातावरणको अन्त्यका लागि जोडदार माग गर्दछौं’, ज्ञापनपत्र बुझाउदै उनले भनिन् ।

प्राकृतिक दोहनमाथिको समाचार सम्प्रेषण गर्दा सुरक्षाको प्रत्याभूति गराइदिन माग गरिएको छ । ‘तनहुँ जिल्लामा प्राकृतिक स्रोतको दोहन बढ्दो छ । यसले भविष्यमा विपद्का घटना निम्त्याउनेमा दुईमत छैैन’, ज्ञापन पत्रमा भनिएको छ, ‘नदीजन्य पदार्थको अवैध उत्खनन् तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा प्रभावकारी अनुगमन र कारबाहीका लागि जोडदार माग गर्दछौं । साथै, प्राकृतिक दोहनको विषयमा समाचार सम्प्रेषण क्रममा सुरक्षाका प्रत्याभूति गराइदिनुहुन ध्यानाकर्षण गराउदछौं ।’

चार लेनमा स्तरोन्नती भइरहेको पृथ्वी राजमार्गको आँबुखैरेनि–पोखरा खण्डमा दैनिकजसो दुर्घटना हुँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेकाले सडक सुरक्षालाई ख्याल गर्दै दुर्घटना कम गराउन प्रशासनबाट खेल्नुपर्ने भूमिकाका लागिसमेत ध्यानाकर्षण गराइएको छ ।
श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

सञ्चार माध्यम दर्ता प्रक्रियालाई सरल बनाउन, एकपटक दर्ता भइसकेपछि अन्य निकायमा पुनः दर्ता÷नविकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था खारेज गरेर सहज रुपमा दर्ता गर्ने प्रबन्ध गर्न माग गरिएको छ ।

‘सञ्चारका विभिन्न माध्यम मार्फत भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीतालगायतका नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धि र संविधानमाथिको प्रहारलाई रोक्न माग गर्दछौं’, प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

तनहँमा घरवारवीहिन सडक मानवको व्यवस्थापनका लागि प्र्रशासनले उचित पहल गर्नका लागिसमेत माग गरिएको हो ।
ज्ञापन पत्रसँगै प्रेस सेन्टर नेपालको काठमाडौं ११ बुँदे घोषणा पत्र पनि संग्लन गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले माग गरिएका विषयमा आफू गम्भिर रहेको बताए । ‘स्थानीय विषयलाई गम्भिरतापूर्वक लिएका छौं । स्थानीय तहबाट समाधान गर्नुपर्ने विषय पु¥याइनेछ’, उनले भने । नीतिगत विषयलाई पनि सम्बन्धित निकायसम्म पु¥याउने उनको प्रतिबद्धता छ । पत्रकारिता जगतको सुरक्षाको विषयमा आफू गम्भिर रहेको बताउँदै समाज परिवर्तनमा हातेमालो गर्ने उनको भनाइ छ ।

आइतबार प्रेस सेन्टर नेपालको केन्द्रिय समितिले संघीय सरकारलाई, प्रदेश समितिले प्रदेश सरकारलाई, जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा र पालिका समितिले पालिकामा ज्ञापन पत्र बुझाएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker