फेसबुकबाट भएको आम्दानी विद्यालयमा सहयोग

भानु : सामाजिक सञ्जाल फेसबुकबाट भएको आम्दानी एक युवकले विद्यालयलाई सहयोग गरेका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार निवासी मनोजकुमार श्रेष्ठले फेसबुकबाट भएको आम्दानी विद्यालयलाई सहयोग गरेका हुन् ।

श्रेष्ठले भानु नगरपालिका–५, बारीफाँटस्थित नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थी र शैक्षिक सुधारका लागि आम्दानी भएको रकम सहयोग गरेका हुन् ।

श्रेष्ठले फेसबुकबाट आम्दानी भएको पाँच हजार पाँच सय ५५ रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् । विद्यालय परिवारले श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीलाई अझै उत्साहपूर्वक अध्ययनमा प्रेरित गर्ने विश्वास लिएको छ ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत कमाएको रकमलाई शिक्षा क्षेत्रमा खर्चिनु नै साँचो लगानी हुने विश्वास व्यक्त गर्दै निरन्तर यसप्रकारका सहयोगी कार्यमा संलग्न रहने प्रतिबद्धता जनाए । उनले भने, ‘फेसबुकबाट आम्दानी भएको रकम प्रत्येक महिना भानु क्षेत्रमा विपन्न र सहयोग आवश्यकता भएकालाई सहयोग गर्नेछु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker