जोगवनीमा दुई समुदायबीच झडप, किनमेलका लागि पुगेका नेपालीको भागदौड

विराटनगर । विराटनगरसँग सीमा जोडिएको भारतको जोगवनी बजार केही बेरअघिबाट तनावग्रस्त बनेको छ । २ पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव बढेको हो ।

जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो । चाडपर्व र अरु बेला पनि दैनिक सयौं नेपाली किनमेलका लागि जोगवनी पुग्ने गरेका छन् ।

जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबीच भागदौड मच्चिएको थियो । किनमेलका लागि गएकाहरु भागेर नेपाल फर्किएका छन् ।

अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।

जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ ।’

विराटनगरको रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको जानकारी नेपाली सुरक्षाकर्मीले प्राप्त गरेका छन् । ‘हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएपछि तनाव बढेको हो । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker