तनहुँमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो (निर्णय सहित)

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्बाएको छ । वैशाख २३ गतेबाट जारी निषेधाज्ञालाई निरन्तरता दिंदै जेठ मासन्तसम्म पुर्‍याइएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तनहुँको शुक्रबार बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिम अझै नघटेको र समुदायमा संक्रमण समेत बढ्दै गएकाले शनिबारसम्म तोकिएको निषेधाज्ञालाई जेठ मसान्तसम्म लम्ब्याउन सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

निषेधाज्ञा अवधिमा बिहान ५ देखि ९ बजेसम्म मात्रै अत्यावश्यक सेवा संचालन गर्ने र अत्यावश्यक सेवा संचालन गर्ने व्यक्तिको अनिवार्य पिसियार र एन्टिजेन परीक्षण गर्न डिसिसियमसिको बैठकले सिफारिस गरेको छ ।

यस्तै, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्वास्थ्य अधिकारीसहितको बैठकले कोभिड संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै बढी जोखिम युक्त क्षेत्रको पहिचान गरी पीसीआर परीक्षणको दायारा बढाउन माग गरिएको छ ।

पीसीआर परीक्षणको नतिजा ढिलो आउँदा संक्रमण समुदायमा फैलिएको स्वास्थ्य अधिकारी सहितको बैठकले निष्कर्ष निकालेको थियो । कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरु परीक्षणको दायारामा नआउने तथा होम आइसोलेशनमा बसेका व्यक्तिहरुको लापरवाहीका कारण पनि तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker