राष्ट्रिय आधारभूत विद्यालय कवाजितले ८६औं वार्षिकोत्सव मनायो

भानु : तनहुँको भानु नगरपालिका–१२ कवाजितस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयले मंगलबार एक कार्यक्रमका बीच ८६औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सव समारोहमा भानु नगरपालिकाका उपसचिव तथा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भौतिक संरचना सन्तोषजनक रहेको र विद्यालयमा शतप्रतिशत महिला शिक्षक तथा कर्मचारी कार्यरत रहनु उदहारणी रहेको बताउँदै विद्यार्थी संख्या कम रहेको हुँदा र विद्यालयको भर्नादर न्यून भइरहेकाले समस्या आएको बताए ।
भौतिक अवस्था सन्तोषजनक रहेको यस विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत रहेको हुँदा सिकाई उपलब्धी मुलक बनाउन शिक्षा अधिकारी पौडेलले सुझाए। सेवाक्षेत्रका सबै बालबालिकाहरु यसै विद्यालयमा भर्ना भई अध्ययन गरिरहेतापनि जन्मदरमा कमिका कारण वर्षेनी बालबालिकाको भर्नादर न्युन हुँदै गइरहेको अवस्था रहेको छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष परशुराम अधिकारी अध्यक्षतामा आयोजित कार्यक्रममा भानु–१२ का वडाध्यक्ष बेलबहादुर अधिकारी, नगर शिक्षा समितिका सदस्य राजिब राउत, विद्यानिकुञ्ज मावि वयापानीका प्रधानाध्यापक गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विद्या चापागाईंले वार्षिक शैक्षिक प्रतिवेदन र आय–व्ययको विवरण प्रस्तुत गरिएको कार्यक्रममा उत्कृष्ट शिक्षक/कर्मचारीलाई सम्मानित गरिएको थियो भने वार्षिक परीक्षामा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थी र शिक्षकहरूद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । अभिभावकहरू बीच म्युजिकल चेयर प्रतियोगिता समेत आयोजना गरिएको थियो भने, उत्कृष्ट अभिभावक तथा सहयोग दाताहरूलाई सम्मानित गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker