बिदामा सरकारी साधन नचलाउन व्यास नगरपालिकाको निर्देशन

दमौली : तनहुँको व्यास नगरपालिकाले दसैं बिदामा सरकारी साधन नचलाउन जनप्रतिनिधि एवं कर्मचारीलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँको सूचना अनुसार चाडपर्वका अवसरमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कार्यरत कर्मचारीहरुले अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सरकारी सवारी साधन नचलाउन नगरपालिकाले निर्देशन दिएको छ ।

जनप्रतिनिधि र कर्मचारीहरुले दसैं बिदा हुनुपूर्व आइतबारसम्म आफूले प्रयोग गरिरहेको सरकारी सवारी साधन कार्यालय परिसरमा राखी जान भन्दै प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सूचना जारी गरेका छन् ।

जारी सूचनामा सरकारी सवारी साधन बिदाको दिन चलाइ दुरुपयोग भएको खण्डमा सम्बन्धित सवारी साधन प्रयोग गर्ने पदाधिकारी र कर्मचारी जिम्मेवार हुने उल्लेख गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker