स्वास्थ्य शिविर

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले स्याङ्जाको हरिनास गाउँपालिकाको ब्यवस्थापनमा हरिनास गाउँपलिका–३ स्थित मग्याम चिसापानी स्वास्थ्य केन्द्रमा शनिबार सञ्चालन गरेको महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य सेवा लिन आएका स्थानीय महिलाहरु । उक्त शिबिरमा १०२ जनाको स्वास्थ्य परीक्षण तथा आवश्यक औषधी निःशुल्क बितरण गरिएको थियो भने, थप उपचार गर्नुपर्ने विरामीलाई रिफर गरिएको थियो । तस्विर : भञ्ज्याङ










