सुक्खा पहिराले भानु-११ का १२ घर जोखिममा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् । बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरू जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,” तिमिल्सिनाले भन्नुभयो ।

यसैगरी केही दिनदेखि परेको निरन्तर झरिका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका-१ अत्रौलीमा घर जोखिममा परेका छन् । अत्रौलीस्थित पाङ्ग्राको झयाल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन् । टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा (एमाले) का जिल्ला उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो ।

जोखिम बढेपछि स्थानीयवासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिम तर्फो जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker