पाकेको खेतीमा झरीले क्षति

तनहुँको भानु नगरपालिका–८ बलेटारका एक कृषकले पाकेको धानखेती भित्र्याउनका लागि काटेर सुकाएसंगै झरीपरेपछि खेतको निहिनमै उम्रिएको धान । निबेक लगाएर गरिएको खेती भित्र्याउन तयारी गरिरहदा झरीपरेपछि पाकेको धान भुइँमा टाँसिएर आधा खेतमै झरेको छ भने बाँकी बचेको धानपनि निहिनमै उम्रिएको स्थानीय कृषक विनोद खतिवडाले बताए । स्थानीय रैथान धान खेतीमा झरीले खासै क्षति नपुर्याएपनि विकास तथा हाइब्रिड धान खेतीमा भने झरीले ठूलो क्षति पुर्याएको छ । तस्विर : भञ्ज्याङ










