व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

व्यास नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका १५ महिनाभित्र पाउनुपर्ने सबै बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

यसक्रममा १६ महिना देखि ५ वर्ष सम्मका दुइ हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको सोतीको भनाइ छ ।

सोही अवधिमा चार जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरुलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले जानकारी दिए । नगरपालिकाका १४ वटै वडाहरुमा घरधुरी र्सर्भेक्षणपश्चात् छुटेका चार जनालाई खोप लगाइएको थियो ।

सोमबार व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङ लगायतले मन्तव्य राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker