बन्टार, जगौलीटार र खुम्लीङ्टारमा बत्ती बलेपछि घिरिङ उज्यालो गाउँपालिका बन्यो

तनहुँको घिरिङ उज्यालो गाउँपालिका बन्न सफल भएको छ । गाउँपालिकाको वडा नं. १ का बन्टार, जगौलीटार र खुम्लीङ्टारमा राष्ट्रिय प्रशारण लाइनको विधुत जडानसंगै गाउँपालिकाका सबै घरमा बत्ती बलेको छ । ती गाउँका १०६ घरधुरीमा बिहीबार बत्ती बलेसंगै गाउँपालिका पूर्ण रुपमा उज्यालो भएको र गाउँपालिकालाई अध्यारोमुक्त बनाइएको हो ।

लामो समयको प्रयासपछि गाउँपालिकाका सबै घरधुरीमा बत्ती बाल्न सकिएको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले बतए । ‘बत्ती नपुगेका घरहरुमा बत्ती पुर्‍याउन निरन्तर काम गर्‍यौ, कोरोना कहरको समयमा पनि कतिपय गाउँमा बत्ती बाल्न सफल भयौ’, अध्यक्ष थापाले भने, ‘हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुशी ल्याउन सफल भएका छौं । गाउँपालिका अध्यारोमुक्त भएको छ ।’

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । सोही अभियान अर्न्तर्गत गत साता मात्र घिरिङ गाउँपालिका-४ को गड्यौलीटार र नयाँटारको २२० घरधुरीमा बत्ती बलेको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताए ।

तनहुँको घिरिङ-१ बैडीमा गरिएको विद्युतीकरण । तस्विर : नारायण/भञ्ज्याङ

जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करीब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको बताउँदै उनले भने, ‘गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्‍याउने प्रतिबद्धता पूरा भएको छ । विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्‍याएको छ ।’

अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो । हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्र्छौं भनेर प्रतिबद्धता जनाएका थियौं, सो प्रतिबद्धता पूरा गर्न सफल भएको अध्यक्ष थापाले बताए ।

वर्षौंदेखि टुकी र मैनबत्तीको भरमा बस्दै आएका घिरिङका स्थानीयवासी बत्ती बलेसँगै खुशी भएका छन् । स्थानीयवासी तारा खनालले धेरै वर्षो प्रतीक्षापछि गाउँमा बत्ती बाल्न पाउँदा खुशीको सीमा नै नरहेको बताइन् । स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आशमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको सुनाए । ‘बत्ती कहिले बल्ला भनेर लामो समय कुर्‍यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पाएसंगै अहिले सबै घरमा विजुली बत्ती बल्दा स्थानीय निकै खुसी भएको थापाले बताए ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ । वितरण केन्द्रले गत आवमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । सो सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्‍याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्‍याइने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker