दमौलीमा फागुपूर्णीमा (होली)को रौनक (फोटोफिचर)

भञ्ज्याङ न्यूज

कोरोना महामारीका कारण विगत दुइ वर्षसम्म फागुपूर्णीमा (होली) पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यो चाड मनाएका छन् ।

तनहुँका १० वटै पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा विविध कार्यक्रम तथा बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरु समेतले उत्साहपूर्वक फागुपूर्णीमा पर्वमा रमेका छन् । उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् ।

यस्तै, जिल्लाको सदरमुकाम दमौलीमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ र रोटर्‍याक्ट क्लवले होली विशेष कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रम सहभागिहरुले एक आपसमा रङ्ग दलेर, पानी छेपेर तथा नाचगान गरेका थिए ।

होली पर्वलाई दुर्घटनारहित बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो । प्रहरी चोकचोकमा तैनाथ गरिएको थियो ।

यस पर्वको मौका छोपी उछृंखल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्नेलाई प्रहरीले निग्रानीमा राखेको थियो ।

पहाडी जिल्लामा आज मनाइएको यस पर्व तरार्इमा भने भोली मनाइनेछ । होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker