तनहुँको आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, १२ जना सवार, २ जना गम्भीर घाइते

तनहुँ : तनहुँको आबुँखैरेनी गाउँपालिका–१ सत्रसयस्थित पृथ्वी राजमार्गमा बुधबार साँझ इभी माइक्रो दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.प्र. ०१–००२ज८५१८ नम्बरको इभी माइक्रो साँझ करिब ७ः१० बजे चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सवार १२ जनामध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि आबुँखैरेनी अस्पताल पठाइएकोमा गम्भीर र केही मध्यम अवस्थाका घाइतेलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा इभी माइक्रो चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका अन्तर्गत हर्कपुर बस्ने अन्दाजी २३ वर्षीय मनिष कुँवर रहेका छन् । उनको पेट र छातीमा भित्री चोट लागेको छ । यस्तै, कास्की पोखरा महानगरपालिका अन्तर्गत चमेरे गुफा बस्ने अन्दाजी २१ वर्षीया अन्जली पुनको टाउकोमा चोट लागी बोल्न नसक्ने अवस्था रहेको छ ।

मध्यम घाइते हुनेमा रौतहट माधव नारायण नगरपालिका–१ बस्ने १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका–अनामनगर बस्ने २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ बस्ने २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ बस्ने २० वर्षीया इच्छा लिम्बु रहेका छन्।

सामान्य घाइते ६ जनाको अवस्था खतरामुक्त रहेकाले अस्पताल भर्ना गर्न नपरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker