कृषि फार्ममा आगलागि हुँदा ४ बाख्रा जलेर मरे, १८ बाख्रा घाइते

भञ्ज्याङ न्यूज

तनहुँको देवघाट गाउँपालिका-५ कालिमाटीस्थित भट्टराइ कृषि बाख्रा फार्ममा आगलागि हुँदा ब्याउने ४ वटा बाख्रा जलेर मरेका छन् ।

आइतबार बिहान करिब १:३५ बजेको समयमा भएको आगलागिमा परि १८ वटा बाख्रा जलेर घाइते भएका तनहुँ प्रहरीले जनाएको छ ।

आगलागिको सूचना पाउनसाथ स्थानीय र प्रहरीले बिहान करिव ३ बजेसम्म आगो नियन्त्रणमा लिएका थिए । आगो के कसरी लाग्यो भन्ने विषयमा खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

हिउँदको समय सुख्खा पराल, खर, घर, गोठहरुमा डढेलो तथा आगलागिको प्रकोप जस्ता घटनाहरु बढी हुने हुँदा सम्पुर्ण नागरिकहरुमा सजक, सतर्क र साबधानी अपनाउन जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker