व्यासको गरजौदी खानेपानी आयोजना निर्माण तीब्र गतिमा

तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीज्र गतिमा भइरहेको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

आयोजना सम्पन्नपश्चात् चार सय परिवारका छ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने व्यास–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए । उनका अनुसार उक्त आयोजनाबाट वडाका करिब छ हजार जना प्रत्यक्ष लाभान्वित हुनेछन् । संघ र प्रदेश सरकारबाट रु सात करोड ७८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आएको जनाउँदै आलेले संघबाट क्रमागत बजेटअनुसार रु दुई करोड ५० लाख बजेट विनियोजन भइरहेको उनले बताए ।

सोही वडाको ठिन र हर्कपुरको सिमानामा पर्ने सेतीनदी नजिकै रहेको गरजौदी मुहानको पानी पाँच सय मिटर उचाइमा लिफ्ट गरी रिजर्भ ट्याङ्कीमा संकलन गरेर वितरण गरिने वडाध्यक्ष आलेले बताए । “मुहानमा गर्नुपर्ने आवश्यक निर्माण सकिएको छ । लामो दूरी रहेकाले बीच भागमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर पानीमाथि लिफ्टिङ गरिनेछ”, उनले भने, “बीच भागमा निर्माण गरिने ट्याङ्कीबाट पानीमाथि लिफ्टिङ गरी एक लाख ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा सङ्कलन गरेर घरघरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”

आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण सकिएको छ । वि.सं. २०८४ सम्म सम्पन्न गर्नेगरी क्रमागत बजेटअनुसार निर्माण भइरहेको छ । योजना सम्पन्नपछि वडावासीलाई स्वच्छ खानेपानीका साथै करेसाबारीमा सिँचाइ गर्न सहज हुने व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।

उनले भने, “पछिल्लो समय यस वडा फलफूल र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ । सिँचाइको सहज सुविधा पुगेसँगै व्यावसायिक किसानको संख्या बढ्ने अपेक्षा गरिएको छ ।” वडामा पशुपालन र कृषि व्यवसायलाई थप प्रोत्साहन गर्दै युवालाई यसतर्फ आकर्षित गराउन आवश्यक सहयोग गर्ने बताउँदै उनले यसले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker