तनहुँको व्यास र म्याग्दे जोड्ने झेलुङ्गे पुल निर्माण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-७ र म्याग्दे गाउँपालिका-६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा उक्त पुल निर्माण गरिएको हो ।

नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत बजेट विनियोजन भएसँगै निर्माण थालिएको खोला लामेरह पानी घट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले बताए ।

विसं २०७८ चैत १३ गते सुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए । ६७ मिटर लामो पुल निर्माणपछि दुइ पालिकाका करिब पाँचसय मानिसहरू प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति जिल्ला शाखाका झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले बताए ।

गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणका लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको उनले बताए । उक्त स्थानमा पुल नहुँदा बर्सेनि मानवीय क्षतिसमेत हुँदै आएकाले विगत लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए ।

पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका-६ र्सवालाङ्गका बासिन्दाले एक घण्टा हिँड्नुपर्नेमा बाध्यता अन्त्य हुनाका साथै छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker