दमौली बजार इकाई सभापतिमा शेषराज निर्वाचित

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् । इकाईको मंगलबार ३०औँ वार्षिक साधारणसभा एवं १३औँ अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका लागि बुधबार भएको निर्वाचनमा श्रेष्ठले २३५ मत प्राप्त गरेका थिए भने उनका निकट्तम प्रतिस्पर्धी अन्जु दाहालले १८१ मत प्राप्त गरेकी छन् । ६५५ मतदाता रहेकामा ४२२ मत खसेको थियो भने ६ मत बदर भएको स्रोतले जनाएको छ ।
यस्तै, इकाई उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
इकाई सदस्यमा अलि मिया, बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी, सुमिन मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।










