रुरु भैरवदल गणबाट सिपाही दीक्षित, दीक्षित हुँदाको खुसीयाली (फोटोफिचर)

नारायण खड्का/भञ्ज्याङ

तनहुँको भानु नगरपालिका-१ स्थित श्री रुरु भैरवदल गण हात्तिचौर व्यारेक, तनहुँबाट सिपाही दीक्षित भएका छन् । गणबाट नौ महिनाको सि.सं. २ सैन्य आधार तालिम पश्चात ९७ जना सैन्यबाट सिपाहीमा दीक्षित भएका हुन् ।
गणमा सोमबार आयोजित विशेष समारोहमा सैन्य तालिम पूरा गरेका सिपाहीलाई दीक्षित गरिएको छ ।
पश्चिम पृतन हेडक्वटर पोखराका महासेनानी बसन्त गौतम, गणका गणपति प्रमुख सेनानी हिमाचल जंग शाह, शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरीक्षक कमल चन्द्र गैह्रे, गणका सेनानी पूर्ण बहादुर थापा लगायतले दीक्षित सिपाहीहरुलाई शुशोभित गरेका थिए ।
कार्यक्रममा महासेनानी गौतमले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।’
सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताए ।
तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उनले यसले आत्मविश्वासी एवं पेशाप्रति थप कटिबद्ध बनाउने धारणा राखेका थिए ।
उक्त अवसरमा तालिमप्राप्त सैन्य जवानबाट कवाज प्रदर्शन गरिएको थियो । सिपाही दिक्षित पश्चात सिपाहीको बुबाआमा तथा आफन्तले फूलमाला, खाँदा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।
यस्तै, नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा सोमबार ६७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् ।
विसं २०७९ मंसिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई सोमाबार पृतना अन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker