गण्डकीमा महिला मतदाता बढी

गण्डकी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । गोरखामा एक लाख १४ हजार ८३७ पुरुष र एक लाख १४ हजार २२० महिला मतदाता कायम भएका छन् । मनाङमा तीन हजार ३७७ पुरुष र तीन हजार ६२३ महिला मतदाता छन् । लमजुङमा ६७ हजार छ सय पुरुष र ६९ हजार ५२४ महिला, कास्कीमा एक लाख ४८ हजार ५१५ पुरुष र एक लाख ६० हजार ११५ महिला मतदाता छन् ।

यस्तै तनहुँमा एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला, स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष र एक लाख २६ हजार ३५१ म्हिला मतदाता रहेका छन् । नवलपुरमा पुरुष मतदाताको सङ्ख्या एक लाख २९ हजार ५४ छभने महिला मतदाताको सङ्ख्या एक लाख ३९ हजार ४६८ छ । मुस्ताङमा पाँच हजार ५५९ पुरुष मतदाता, महिला पाँच हजार ७६८, म्याग्दीमा ४२ हजार ३०२ पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेका छन् ।

बागलुङमा ९४ हजार ८०६ पुरुष मतदाता छन्भने महिला मतदाताको सङ्ख्या ९८ हजार ५७४ रहेको छ । पर्वतमा ६२ हजार छ सय पुरुष र ६२ हजार ८६५ महिला मतदाता कायम भएका छन् । महिला र पुरुषबाहेक अन्य मतदाताको सङ्ख्या १४ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छ ।

निर्वाचनका लागि प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गोरखामा २२५, स्याङ्जामा १९९, कास्कीमा १५३, तनहुँमा १४४, लमजुङमा १३०, नवलपुरमा ११४, बागलुङमा १०७, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker