भानु नगरपालिकामा गत आवको वार्षिक समीक्षा

भानु : तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका नीति, योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिकाका विभिन्न शाखा तथा वडामार्फत सञ्चालन गरिएका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि र कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको हो ।

समीक्षा कार्यक्रममा नगरपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको प्रगति र उपलब्धिबारे छलफल गरिएको थियो । योजनाहरू कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती पहिचान गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा समेत सहभागीबीच छलफल भएको थियो ।

नगरपालिकाले नागरिकलाई प्रदान गर्दै आएको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने तथा विकासका कार्यक्रमलाई परिणाममुखी ढंगले अघि बढाउने विषयमा कार्यक्रममा जोड दिइएको थियो। आगामी दिनमा योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनलाई थप व्यवस्थित बनाउँदै नगरपालिकाको समग्र विकासलाई गति दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

कार्यक्रममा नगर उपप्रमुख, जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गत वर्षका कार्यक्रमको समीक्षा गर्दै आगामी कार्यदिशा र प्राथमिकताबारे समेत धारणा राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker