महोत्सवमा खाद्य डिभिजनको अनुगमन

दमौली : तनहुँको दमौलीमा जारी छैठौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय लगायतको उपस्थितिमा बुधबार महोत्सव स्थलमा रहेका खाद्य पदार्थ बिक्री तथा प्रदर्शन गरिएका स्टलहरूमा अनुगमन निरीक्षण गरिएको थियो ।

डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यको नेतृत्वमा खटिएको अनुगमन टोलीले स्टलहरूमा राखिएका खाद्य सामग्रीको सरसफाइ, म्याद, भण्डारण अवस्था तथा खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएकोबारे निरीक्षण गरेको थियो । अनुगमनका क्रममा व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री गर्न निर्देशन दिइएको आचार्यले बताए ।

अनुगमन टोलीले खाद्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेमा आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ। महोत्सवमा सहभागी दर्शक तथा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker