बन्दीपुरमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर, ३१४ जनाले लिए विभिन्न विशेषज्ञ सेवा

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा वार्षिक बजेट कार्यक्रमअन्तर्गत स्वास्थ्यतर्फको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर बुधबार सम्पन्न गरेको छ ।

विशिष्टकृत स्वास्थ्य सेवा एकैपटक र एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताल परिसरमा सञ्चालन गरिएको शिविर सिर्जनाचोक भेट्रान्स क्लब, भरतपुर चितवनको समन्वय तथा कलेज अफ मेडिकल साइन्सेस, भरतपुरका विशेषज्ञ चिकित्सक र प्राविधिकहरूको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरको समापन कार्यक्रम बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर केसी, बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल गिरी, सिर्जनाचोक भेट्रान्स क्लबका अध्यक्ष, कलेज अफ मेडिकल साइन्सेसका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

शिविरमा स्त्री तथा प्रसूति रोग, नशा तथा हाडजोर्नी, यौन तथा छाला रोग, मानसिक रोग, बाल रोग, दन्त रोग, इन्टरनल मेडिसिन (जनरल फिजिसियन) सम्बन्धी विशेषज्ञ सेवासहित रेडियोलोजिष्टद्वारा भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो । साथै ईसीजी, ब्लड सुगर परीक्षण तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

शिविरमा कुल ३१४ जनाले स्वास्थ्य सेवा लिएका थिए । तीमध्ये २२२ जना शिविरका सेवाग्राही र ९२ जना बन्दीपुर अस्पतालका नियमित सेवाग्राही रहेका छन्।

यसैबीच, बन्दीपुर गाउँपालिकाका विभिन्न स्थानबाट सेवाग्राहीहरूको सहज पहुँच सुनिश्चित गर्न बन्दीपुर अस्पतालको वार्षिक कार्यक्रमअनुसार निःशुल्क बस सेवा समेत उपलब्ध गराइएको थियो ।

शिविरको सफल सञ्चालनमा सहयोग पु¥याउने सम्पूर्ण सरोकारवाला निकाय, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति बन्दीपुर गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker