सहिद दिवसमा दमौली अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

सहिद दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । जिल्ला सभापति जीतप्रकाश आले सहितको टोलीले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल मार्फत अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

फलफूल वितरण कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले, उपसभापतिद्वय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल र जिल्ला सदस्य डम्बरबहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सहिद दिवसका अवसर पारेर अस्पतालमा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको जिल्ला सभापति आलेले बताए । अस्पतालका बिरामीलाई फलफूल वितरण गरेकोमा अस्पतालका प्रमुख डा. पौडेललाई धन्यवाद ज्ञापन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker