भानु जन्मस्थल “रामायण घर”मा खानेपानीको व्यवस्था

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका स्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थल रामायण घरमा खानेपानी ल्याइएको छ । भानुभक्त नगरपालिका, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भानुको जन्मस्थल रामायण घरमा सोमबार खानेपानी ल्याइएको हो ।

रामायण घरमा खानेपानी नहुँदा गाउँबाट करिब ३ किलोमिटर टाढाबाट पानी बोकेर लैजानुपर्ने बाध्यता थियो । पानी पुगेसँगै त्यहाँ अब पर्यटकीय चहलपहल हुने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे ।

नगर प्रमुख त्रिपाठीको संयोजनमा रामायण घरमा खाती थोकदेखि खानेपानी ल्याइएको हो । नगरपालिकामा रहेको ४ क्वाइल पाइपको प्रयोग गरी सेनाको रुरु भैरव गण र स्थानीयको सहयोगमा खानेपानी ल्याइएको नगर प्रमुख त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार, भानुको घरमा खानेपानीको सहज पहुँच स्थापना गरिएसँगै पिकनिक तथा अन्य कार्यक्रम गर्नका लागि सहज हुनेछ । रामायण घरमा पर्यटकको चहलपहल गराउने समेत उद्देश्यले खानेपानी व्यवस्थापन गरिएको हो ।

मंगलबारदेखि यस क्षेत्रमा नेपाल आर्मीको टोलीले सरसफाई अभियान समेत सुरू गर्ने भएको छ । नगरप्रमुख त्रिपाठीले भने, ‘साहित्यिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भानु जन्मस्थलमा खानेपानीको सुविधासँगै पर्यटकको चहलपहल थप बढ्ने विश्वास गरेका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker