प्रधानन्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण

दमौली : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार यहाँस्थित जिल्ला अदालतको निरीक्षण गरेका छन् । सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिएका थिए ।

त्यसक्रममा प्रधानन्यायाधीश राउतले जनतालाई सहज र सरल रुपमा सेवाप्रवाह गर्न निर्देशन दिएका थिए । उनले अदालतप्रति आमनागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले तनहुँ अदालतमा जेनजी आन्दोलनबाट भएको क्षति, हाल प्रवाह भइरहेको सेवाबारेमा जानकारी गराएका थिए ।

अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले कार्यालय कक्ष, कागजात व्यवस्थापन तथा दैनिक कार्यसञ्चालनमा केही असहजता सिर्जना गरेको जानकारी गराए । यद्यपि, चुनौतीपूर्ण अवस्थाबीच पनि कर्मचारी र न्यायिक निकायको समन्वयमा सेवाप्रवाह नरोकिएको उनले बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker