प्रवासीको सहयोगमा भिमादको मिछुर्लुङमा भ्यूटावर बनाइदै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा प्रवासीको सहयोगमा भ्यूटावर निर्माण गरिने भएको छ । मगर समुदायको गाउँ मिछुर्लुङलाई ग्रामीण पर्यटकीय केन्द्र बनाउन प्रवासीहरुले भ्यूटावर निर्माण गर्न लागिएको हो । खैरेनिटारबाट करिब ७ कि.मी. दक्षिण लागेपछी भिमाद बजारमा पुगिन्छ । भिमाद बजारबाट शृंग मार्ग तर्फ करिब ५ कि.मि. उकालो पारगरे पछी सुन्दर गाऊँ मिछुर्लुङ पुग्न सकिन्छ ।

यो गाउँमा घुम्न आउने पर्यटकलाई खान र बस्नको राम्रो व्यवस्थाका लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ । गाउँमा स्थानीय उत्पादनका परिकार खुवाउनुका साथै मगर समुदायको संस्कार संस्कृति अध्ययन अवलोकन गर्न पाइन्छ ।

ऋषिङ घिरिङ लगायतका ऐतिहासिक गाउँहरु मिछुर्लुङमा गाउँहुँदै गइन्छ । यहाँबाट देबचुली, बडाचुली जस्ता अग्ला पहाडी क्षेत्र अवलोकन गर्न सकिन्छ । गाउँमा आँटीथाप झरना र ढुङढुङ्गे पहरापनि आकर्षक स्थल हो ।

गाउँमा पर्यटकलाई आकर्षित गर्न र सामुदायिक होम स्टेलाई प्रबर्द्धन गर्ने उद्देश्यले हाल प्रबासमा रहेका मिछुर्लुङ गाउँका युवाहरुको आर्थिक सहयोगमा भ्यूटावर निर्माण गर्न लागिएको युरोपमा कार्यरत महेन्द्र आलेले जानकारी गराए ।

गाउँमा भ्यूटावर निर्माणका लागि आर्थिक सहयोग संकलन अभियानमा युरोपमा महेन्द्र आले, अमेरिकामा सुरेन्द्र आले, अस्ट्रेलियामा बिमल थापा, जापानमा कृष्ण लालचन, खाडी मुलुकमा मोहन थापालाई आर्थिक संकलन गर्ने जिम्मेवारी दिएको छ ।

अभियान अन्तरगत हालसम्म ३२ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको आलेले बताए । संकलित सहयोग रकम तनहुँ समाज यूकेका सचिब बेदराज पराजुलीले मिछुर्लुङ भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker