घिरिङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले सोमबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले अहिले परमादेशको आधारमा बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिलेको सरकारले नाटक मन्चन गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनतालाई ऋणको भारी बोकाएर नेपालको अर्थतन्त्र समाप्त गरेको छ ।’ उनले विकासका लागि एमालेको सरकार आवश्यक भएको बताउँदै वर्तमान सरकारले जनतालाई सास्ती दिने काम गरी अर्थतन्त्र जोखिममा पुर्‍याएको समेत आरोप लगाएका छन् ।

घिरिङ गाउँपालिका-३ पोखरीछापमा निर्माण गरिएको तीन तलाको भवनको पहिलो चरणमा एक तला निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । पहिलो चरणमा दुइ करोडको लागतमा भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको थियो । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता उत्पन्न भइरहेकोले प्रदेश सरकारसँगको समन्वयमा भवन निर्माण गरिएको अध्यक्ष रानाले बताए ।

भवन उद्घाटन समारोहमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्षद्वय होम बहादुर थापा र बिष्णु भक्त सिक्देल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मदन आले, एमाले जिल्ला सचिब राजेस्वर ढकाल, एमाले जिल्ला सदस्य इन्द्र थापा, एमाले घिरिङ्ग गाउँकमिटी अध्यक्ष बिष्णु प्रसाद ढकाल, वडा नं. ३ का वडा अध्यक्ष रण बहादुर गुरुङ, अनेरास्ववियु नेता आरके पोख्रेल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने जग्गा दाताहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देलले बताइन् ।

यस्तै, भवन पूर्ण रुपमा निर्माण सम्पन्न नगरी उद्घाटन गरेको भन्दै नेपाली कांग्रेस घिरिङ्ग गाउँ कार्यसमितिले विज्ञप्ति जारी गरी विरोध जनाएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker