‘व्यास नगर कोभिड-१९ पिसिआर प्रयोगशाला’ले पायो अनुमति (पत्रसहित)

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले सञ्चालनमा ल्याउने तयारी गरेको ‘व्यास नगर कोभिड-१९ पिसिआर प्रयोगशाला’ले सञ्चालन अनुमति पाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशले आज प्रयोगशाला सञ्चालनका लागि अनुमितपत्र दिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशद्वारा भदौ ३० गते गरेको स्थलगत अनुगमन पश्चात पेश गरिएको प्रतिवेदन र सोही मितिमा प्रयोगशालाबाट २० नमुनाको नतिजा प्रमाणीकरणको आधारमा कोभिड-१९ पिसिआर प्रयोगशालाको मापदण्ड पुगेको देखिएकाले व्यासको प्रयोगशालालाई कोभिड-१९ पिसिआर परीक्षण गर्न अनुमति प्रदान गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले हस्ताक्षर गरी अनुमती पत्र दिएकी हुन् ।

यस्तै, व्यास नगरको प्रयोगशालाले पालना गर्नुपर्ने गुणस्तर नियन्त्रण सम्बन्धी शर्तहरु समेत संगै उपलब्ध गराइएको र सोही बमोजिम गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुरोध गरेको छ ।

व्यास नगरको कोभिड-१९ पिसिआर प्रयोगशालाको अनुमित सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा बोधार्थ समेत पठाइएको छ ।

व्यास नगरपालिकाले वडा नं. १० दुम्सीमा कोभिड नगर अस्पताल सञ्चालनमा ल्याएको छ । गत भदौ १ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालमै कोभिड-१९ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

जिल्लामा कोभिड-१९ पिसिआर प्रयोगशाला नहुँदा स्वाब संकलन गरी पठाएको रिपोर्ट आउन ढिलाई भएपछि जिल्लामै प्रयोगशाला सञ्चालन गर्न व्यास नगरपालिका लागि परेको थियो ।

उक्त प्रयोगशाला निर्माणका लागि संघ, प्रदेश सरकार तथा व्यास नगरपालिका र कर्मचारीका साथै विभिन्न सामाजिक संघ संस्था, व्यक्तिहरुले समेत आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker