भानु नगरस्तरीय परीक्षाको नतिजा सार्वजनिक, कक्षा ८ मा ५३.८ प्रतिशत उत्तीर्ण

भानु : तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । भानु नगरस्तरीय परीक्षा समितिको मंगलबार बसेको बैठकको निर्णयअनुसार आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) र नगरस्तरीय परीक्षा (कक्षा ५) को नतिजा प्रकाशन गरिएको हो ।

नगरपालिकाका अनुसार कक्षा ८ मा कूल ५३० विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३.६ देखि ४.० जीपीए ल्याउने ३२, ३.२ देखि ३.६ ल्याउने ७९, २.८ देखि ३.२ ल्याउने ११२, २.४ देखि २.८ ल्याउने ५७ र २.० देखि २.४ जीपीए ल्याउने ४ जना रहेका छन्। कक्षा ८ को कूल उत्तीर्ण प्रतिशत ५३.८ रहेको जनाइएको छ ।

त्यस्तै कक्षा ५ को नगरस्तरीय परीक्षामा ४८१ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३.६ देखि ४.० जीपीए ल्याउने ८२, ३.२ देखि ३.६ ल्याउने १३९, २.८ देखि ३.२ ल्याउने १०९, २.४ देखि २.८ ल्याउने ४६ र २.० देखि २.४ जीपीए ल्याउने १ जना रहेका छन्। कक्षा ५ को कूल उत्तीर्ण प्रतिशत ७८.३७ रहेको छ। नगरपालिकाले नतिजा सम्बन्धित विद्यालयहरूले आफ्नो क्ष्भ्ःक्ष्क् प्रणालीमार्फत हेर्न सक्ने जनाएको छ ।

यसैबीच, नतिजा चित्त नबुझेका कक्षा ८ का विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले तीन दिनभित्र पुनर्योगका लागि सम्बन्धित विद्यालयमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विद्यालयले प्राप्त निवेदन तीन दिनभित्र प्रति विषय १०० रुपैयाँ शुल्कसहित नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्नेछ। पुनर्योगपश्चात परीक्षा समितिले पुनः नतिजा सार्वजनिक गर्ने जनाएको छ।

त्यस्तै, लेटर ग्रेडिङ निर्देशिका २०७८ (परिमार्जित) अनुसार दुई विषयमा ‘एनजी’ प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्नेछन्। यस्ता विद्यार्थीले नतिजा प्रकाशन भएको १० दिनभित्र विद्यालयमा निवेदन दिनुपर्नेछ। ग्रेडवृद्धि परीक्षा आगामी २०८३ वैशाखको पहिलो सातामा सञ्चालन गरिने जनाइएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker