डुम्रेमा अनुगमन : म्याद गुज्रिएका खाद्य पदार्थ जफत, २९ हजार बढीका सामग्री नष्ट

डुम्रे : पभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका कमजोरीहरू बढ्दै गएको जनगुनासोपछि तनहुँको बन्दीपुर गाउँपालिका–१ अन्तर्गत डुम्रे बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ ।

बन्दीपुर गाउँपालिकाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा गरिएको अनुगमनमा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकृत ज्योति आचार्य, गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।

टोलीले डुम्रे बजार क्षेत्रका होटल, किराना तथा खाद्य पसल, मासु पसल र स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही व्यवसायीले खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ।

अनुगमनका क्रममा बिस्कुट, जुस, दालमोठ, कोकाकोला, फेन्टा लगायतका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरिएको छ। साथै, पत्रिकामा खानेकुरा राख्ने प्रचलन तत्काल बन्द गर्न निर्देशन दिइएको छ। अस्वच्छ र अखाद्य अवस्थामा राखिएका सामग्री हटाउनसमेत व्यवसायीलाई सचेत गराइएको छ।

टोलीले करिब २९ हजार ७५ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री नष्ट गरेको जनाएको छ।

अनुगमनपछि सम्बन्धित निकायले व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन, गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री गर्न तथा कानुनी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएका छन्। उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जो–कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker