बन्दीपुरमा तीज सप्ताहन्न उत्सव, प्रथमलाई एक लाख पुरस्कार

बन्दीपुर । नेपाली नारीहरुको महान पर्व तीज पर्वको अवसरमा प्रकृति र संस्कृतिको संगम भूमि पहाडकी रानीको उपनामले परिचित तनहुँको पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भदौ १५ देखि २२ गतेसम्म साताव्यापी रुपमा “तीज सप्ताहन्न उत्सव” गरिने भएको छ ।
बन्दीपुर गाउँपालिकाको संरक्षकत्वमा र बन्दीपुरमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर ईकाइ, रेवान जिल्ला बार एशोसियसन, बन्दीपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, सामुदायीक होमस्टे महासंघ बन्दीपुर, आर के डि महिला उद्यमशिल क्लव र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सहकार्यमा खुल्ला तीज गीत प्रतियोगिता गर्न लागिएको हो ।
कार्यक्रम अन्तर्गत हरेक दिन बन्दीपुर क्षेत्रका विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन, विभिन्न आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने र प्रत्येक दिन राष्ट्रिय तथा स्थानी कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुती रहने कार्यक्रमका संयोजक एवं बन्दीपुर केवलकारका संचालक किरण पोख्रेलले जानकारी गराए ।
कार्यक्रमका विषयमा जानकारी गराउने उद्देश्यले आईतबार बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा सबै किसिमका पर्यटक भित्र्याउनका लागि कार्यक्रमले मद्दत पुग्ने विश्वास ब्यक्त गरे । उनले धार्मिक एवं पर्यटकीय हिसाबले बन्दीपुरको विश्वभर प्रचार प्रसारमा जोड दिए ।
उत्सव कार्यक्रममा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतका कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ । त्यसै गरी हालसम्म बाहिरी दुनियाँसँग कम प्रचारित धार्मिक शक्तिपीठहरु सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराउने र महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम समेत रहेको छ ।
उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा कार्यक्रम गर्न लागिएको र उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचिन मन्दिर “माँ खड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ । तीज गीत प्रतियोगिताका लागि कम्तिमा ५० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।
तीज गीत प्रतियोगितामा प्रथम टिमलाई रु १ लाख १ हजार, द्धितीयलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ भने सान्त्वना हुने टिमलाई २५ हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगिताका लागि ३ देखि १५ जनासम्मको समूह हुनु पर्ने, समूहमा सबै महिला अनिवार्य गरिएको छ । वाद्यबादनको सामग्री आँफैले ब्यवस्था गर्नुपर्ने, हरेक टिमलाई बढीमा १५ मिनेटको समय दिईने छ ।
त्यसैगरी प्रतियोगितामा भाग लिने समूहले टिम दर्ता शुल्क २ हजार दिनुपर्ने छ भने प्रतियोगितामा छनौट चरण, क्वटर फाईनल चरण, सेमिफाईनल चरण र फाईनल चरण हुनेछ । फाईनल चरणमा तीजे दोहोरी हुने बताईएको छ । सो अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरूको लागि विशेष छुट समेत घोषणा गरेको छ।
संरक्षक संस्था बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा, बन्दिपुर पर्यटन विकास समितिका कर्ण गुरुङ, क्षेत्रीय होटल संघ बन्दीपुरकी अध्यक्ष फूलमती थापा, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइका अध्यक्ष घनश्याम उपाध्याय, रेवान जिल्ला बार एशोसियसनका अध्यक्ष जितेन्द्र भूमी, बन्दीपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग प्रमुख सुरज भट्टराई, सामुदायीक होमस्टे महासंघ बन्दीपुरकी अध्यक्ष गीता लम्साल, ईलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष केसी, बन्दीपुर सामुदायीक होमस्टेकी अध्यक्ष दिलकुमारी राना, तीनधारा होास्टेका अध्यक्ष हरिश्चन्द्र भट्टराई लगायतले कार्यक्रमलाई सफल बनाउने आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker