भानु नगरपालिकाको सरसफाई अभियान

तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियान अन्तर्गत डुम्रेको चुँदी खोला क्षेत्रमा शनिबार बिहान सरसफाई गरिदै । नगरापलिकाले गाउँदेखि बजारसम्म फोहोरमैला मुक्त अभियान थालेको छ । नगरका १३ वटै वडालाई फोहोरमैला मुक्त तथा सफासुग्घर बनाउने गरी बृहत भानु सरसफाई अभियान सुरु गरिएको छ ।
नगर प्रमुख आनन्दराज त्रिपाठीले यस अभियानमा सम्पूर्ण भानुबासीको साथ र सहयोगको अपिल गरेका छन् । अभियानमा रुरु भैरव दल गण, आमा समूह, युवा क्लवको सहभागिता रहेको छ ।
तस्विर : भञ्ज्याङ