टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु

हेटौँडा । हेटौँडा काठमाडौँ वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटनाग्रस्त भएको ना१ज १७७८ नम्बरको टाटा सुमोमा सवार ६ जनाको मृत्यु भएको हो । सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको टाटा सुमोबाट उद्धार गरेर हेटौँडा ल्याइएको थियो ।

दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक यात्रारत थिए । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेकामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम खुलेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker