व्यासले बाढीपहिरो पीडितलाई राहत दिने, नगरप्रमुखको संयोजकत्वमा आन्तरिक नियन्त्रण समिति गठन

भञ्ज्याङ न्यूज

अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण व्यास नगरपालिकाका ५५ घरधुरीमा क्षति पुगेको व्यास नगरपालिकाले जनाएको छ। बाढीपहिरोका कारण पशुचौपाय, कृषि क्षेत्र तथा सडकमा ठूलो क्षति पुर्‍याएको भन्दै नगर कार्यपालिका बैठकले तत्काल पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको नगर कार्यापालिका बैठकले अवरुद्ध बाटाहरु खुलाउने तथा तत्काल मर्मत गर्न सकिने खेत कुला तथा घरहरु मर्मत गराउने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले बाढीले भत्काएको छाब्दी खोलाको बुद्धसिं मार्ग जाने पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ।

बैठकले व्यास नगरपालिकाको स्थानीय राजश्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, २०७८, व्यास नगरपालिकाको वजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि तथा २०७८, व्यास नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८ पारित गरेको छ ।

यस्तै, बैठकले व्यास नगरपालिकामा हाल खरिद गरिएको २ थान ठुलो ट्रयाकटरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्नेगरी सम्बन्धित वडाहरुले अनुगमन गर्ने गरी किसानहरुलाई हस्तान्तरण गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले विद्यालय व्यवस्थापन समितिको तदर्थ समितिमा सम्बन्धित विद्यालयको निवर्तमान अध्यक्षलाई अनिवार्य आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय गरिएको र नगर प्रमुखको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आन्तरिक नियन्त्रण समिति गठन गर्ने निर्णय भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker