दभुङ चण्डी देवी सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ

दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित दभुङ चण्डी देवी वहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठलाई चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा तिर्थकुमार श्रेष्ठ, सचिवमा राजकुमार श्रेष्ठ (विवि), कोषाध्यक्षमा विष्णुमाया श्रेष्ठ र सहसचिवमा आश्विन किशोर श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरूमा राजकुमार श्रेष्ठ, शिरबहादुर थापा, गोमा खनाल र रामबहादुर नेपाली रहेका छन् ।
सहकारीको लेखा समिति संयोजकमा वविन्द्र खनाल, सदस्यहरूमा आनन्दकुमार श्रेष्ठ र विरेन्द्र श्रेष्ठ चयन भएका छन् ।
सहकारीका अध्यक्ष मोहन कुमार श्रेष्ठले अध्यक्षतामा आयोजित साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले सहकारीहरूले आफ्नो मूल उद्देश्य, मूल्य र मान्यता अनुसार काम गर्नुपर्नेमा जोड दिए। उनले समुदायमा रहेको स–साना पूँजीलाई एकीकृत गरी व्यावसायिकरूपमा अघि बढाउने माध्यमका रूपमा सहकारीको महत्व औंल्याउँदै भने, “सहकारीले सदस्यको हक–हित सुरक्षित गर्दै समाजमा सकारात्मक योगदान पु¥याउनुपर्छ ।”
उनले पछिल्लो समय केही सहकारीहरू मूल मान्यता विपरीत चलेर समस्या सिर्जना गरेको उल्लेख गर्दै दभुङ चण्डी देवी सहकारीले उत्पादन र कृषि क्षेत्रमा दिएको प्राथमिकता सराहनीय भएको बताए ।
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष काजीमान श्रेष्ठले सहकार्य र एकताको माध्यमबाट सहकारीले समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा मानुङ बचत तथा ऋण सहकारीका अध्यक्ष रामकाजी श्रेष्ठ, समाजसेवी यज्ञ प्रसाद खनाल, चापाघाट टोल विकास संस्थाका अध्यक्ष नरबहादुर थापा, सत्य प्रसाद खनाल, दिदीबहिनी आमा समूहकी अध्यक्ष प्रतिमा खनाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
साधारणसभामा सहकारीकी कोषाध्यक्ष ताराकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा संयोजक विष्णुप्रसाद श्रेष्ठले लेखा प्रतिवेदन र ऋण संयोजक पदमकुमार श्रेष्ठले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।










