ब्राम्हण समाजद्वारा दमौलीमा सामुहिक रक्षाबन्धन

भञ्ज्याङ न्यूज

ब्राम्हण समाज नेपाल तनहुँले दमौलीमा आइतबार सामुहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ । करिब साढे दुइ सय जनाले रक्षाको प्रतिक धागो बाँधेका उक्त कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले शुभारम्भ गरेका थिए।

कार्यक्रममा सांसद बिश्वकर्माले ब्राम्हण समाजले सामुहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरेर समाजमा रहेको जातीय विभेदको अन्त्यको लागि प्रशंसनीय कार्य गरेको बताए । कानुनले जातीय बिभेद र छुवाछुत दण्डनीय ठहर गरेपनि समाजका कतिपय मानिसहरुको सोचमा अझै पनि परिवर्तन आउँन नसक्दा समस्याको रुपमा छुवाछुत रहेको उनले बताए ।

हिन्दू धर्म र दर्शनमा विभेदलाई स्थान नभएको भन्दै सबैका लागि सहभागीता गराउन यसपाली कोभिड जोखिमका बीच पनि सार्वजनिक रुपमा रक्षासुत्र बाँध्ने काम गरिएको समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले बताए ।

उनले धर्मले कसैलाई पनि विभेद नगरेको भन्दै सबैलाई अवसर दिन पनि सार्वजनिक थलोमा कार्यक्रम गरिएको बताए । बिहान नौ बजेबाट मध्याहृन १२ बजेसम्म रक्षाबन्धन कार्य चलेको थियो । समाजका पदाधिकारी तथा पराशर गुरुकुल आश्रमका वटुकले इच्छुकलाई रक्षासुत्र बाँधिदिएका थिए ।

ब्राम्हणहरुले शिव पाञ्चायन मन्दिरमा वैदिक विधिपूर्व मन्त्रण गरिएको रक्षासुत्र इच्छुक सबैका लागि बाँधिएको भन्दै समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले साढे दुइ सय सहभागी भएको बताए । आयोजकहरुले सहभागीको प्रोत्साहनबाट उत्साही भएको भन्दै आगामी वर्षा पनि यसलाई निरन्तरता दिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker