सरकारको निर्णय सच्याउन माग गर्दै हस्ताक्षर बुझाइयो

दमौली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ।शाखाको आयोजनामा सोमबार प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीमार्फत सरकारलाई हस्ताक्षर बुझाइएको हो।

महासङ्घले जेठ ७ गते सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सरकारसमक्ष पेश गरिएको जनाएको छ।

हस्ताक्षर बुझाउने कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायतको सहभागिता रहेको थियो।

महासङ्घले सरकारी निर्णयको विरोधमा थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। जसअनुसार शाखाको आयोजनामा जेठ २७ र २९ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम रहेको छ।

महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker