अवैध नदीजन्य पदार्थ ढुवानी गर्ने आठ सवारी साधन नियन्त्रणमा

दमौली : तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न सवारी साधनमाथि निगरानी तथा कारबाहीलाई तीव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जेठ २८ गतेदेखि असार १ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अनुगमनका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न ८ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको थियो। स्थानीय तहले गरेको कारबाहीबाट ती सवारी साधनहरूबाट कुल रु एक लाख ३६ हजार जरिवाना असुल गरी छाडिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
प्राकृतिक स्रोत–साधनको अनधिकृत उत्खनन तथा दोहन नियन्त्रणका लागि यस्ता निगरानी र कारबाहीका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker