देवघाट गाउँपालिकामा लघुउद्यमी कार्यक्रम सम्बन्धी अभिमुखिकरण

- भञ्ज्याङ समाचारदाता (देवघाट)
तनहुँको देवघाट गाउँपालिकामा गरिबि निवारणका लागि लघुउद्यमी बिकास तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । लघुउद्यमको विकसबाट नै गरिबि निवारणमा टेव पुग्ने भन्दै उक्त कार्यक्रमको उद्देश्य माथि सहभागिहरुले आ-आफ्ना धारणा व्यक्त गरेक थिए । सहभागिहरुलाई गरिबि निवारणका लागि लघुउद्यमी बिकास तथा अभिमुखिकरणका बिषयमा प्रगति भट्टर्राईले सहजिकरण गरेकी थिन।
गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला थापामगर, प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट-१ वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट-४ का वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट-५का वडा अध्यक्ष याल बहादुर गुरुङ, कार्यापालिका सदस्य यममाया गुरुङ, लेखा शाखाका प्रमुख उमनाथ ढकाल, कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट क्षेत्र बिकास समितिका सदस्य किरण सुवेदी र स्थानीय फुलमाया गुरुङ लगायतको सहभागिता रहेको थियो ।










