भानु १२ आहालेका विपन्न परिवारलाई राहत वितरण
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१२ को आहालेमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
गाउँ सेवा समाज, काठमाडौं र सतिस्वाँरा मिर्लुङ सेवा समाज कतारले संयुक्त रुपमा चार्डपर्वलाई लक्षित गरी राहत वितरण गरेको स्थानीय बेल बहादुर अधिकारीले जानकारी गराए ।
भानु-१३ का वडा अध्यक्ष रामबहादुर बानियाँको उपस्थितिमा दुबै संस्थाबाट उपलब्ध १ लाख १० हजार रुपैयाँ विपन्न ३० घर परिवारलाई नगद राहत वितरण गरिएको थियो ।










