ओमानमाथि नेपालको दबदबापूर्ण जित

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानमाथि सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले हराएको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३९.६ ओभरमा १५० रनमै अलआउट भयो ।

कप्तान विनायक शुक्लाले ७७ रनको तारिफयोग्य इनिङ्स खेलेपनि टोलीलाई माथि उकास्न सकेनन् । यस्तै, जय ओडेद्राले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो ।

रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासे । केसीले मात्र १६ बलमा ४० रन जोडे । उनको ब्याटबाट ४ छक्का र १ चौका निस्कियो ।

यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।

बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक सफलता हात पारे ।

यो सर्कलअन्तर्गत यसअघिको खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker