१८औ सचिन स्मृति दौडको उपाधि भरतले जिते

  • भञ्ज्याङ समाचारदाता (दमौली)

रोर्टयाक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको १८औ सचिन स्मृति दौडको उपाधि भरत गुरुङले जितेका छन । दमौली अनसनचोकदेखि छाब्दी बसपार्कसम्मको ९ किमि दूरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत गुरुङले उपाधि जितेका हुन् । प्रतियोगितामा गोरखाका दिनेश बोगटी द्वितीय, धनगढीका वीरेन्द्रप्रसाद भट्टराइ तृतीय भएका छन । त्यस्तै व्यास नगरपालिका-१३ का संगम घर्ती सान्त्वना भए । उनीहरुले क्रमशः उक्त दूरी ३२ मिनेट २५ सेकेण्ड, ३२ मिनेट ५० सेकेण्ड र ३३ मिनेट १० सेकेण्डमा पार गरेका हुन् ।

त्यस्तै महिलातर्फ ४३ मिनेटमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका-१० का नम्रता गुरुङ र ४३ मिनेट ३० सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका-४ की करुणा श्रेष्ठ सान्त्वना भएको प्रतियोगिताका संयोजक विशाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ८० धावकको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथमलाई रु १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिएको छ । विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि यस पटक दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्द्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

यसअघि प्रतियोगिताको उदघाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दौडले युवालाई जोश जाँगर मात्रै होइन स्वस्थ बन्न सहयोग पुग्ने बताए । नगरपालिकाले सहिद दिवसका अवसरमा प्रत्येक वर्ष मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्दै आएकामा यस वर्षदेखि नारी दिवसमा व्यासगुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्न लागेको जानकारी दिए । कार्यक्रममा रोटरी क्लवका सचिव सागर पौडेल, रोटर्‍याक्ट क्लवका पूर्व अध्यक्ष शिखरलाल डोटेल लगायतले सन् २००३ मा क्लव स्थापना भएदेखि सामाजिक काम गर्दै आएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker