‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो

‘सबैका लागि खेलकुद’ भन्ने नारालाई सार्थकता दिन र गाउँगाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण प्रक्रियाअघि बढाइने सरकारले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याउने निकाय÷व्यक्तिलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने सरकारको योजना छ ।

‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माण कार्यलाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले विभिन्न क्लब र गैरसरकारी संस्थाद्वारा सञ्चालित खेलकुद प्रतियोगितालाई दिइने सहयोगलाई निरन्तरता दिइने बताउनुभयो ।

मुस्ताङमा उच्च उचाइ खेल तालिम केन्द्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन गर्ने नीति लिइने उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker