तनहुँको भानु-१२ मा पाँचौ अर्चले फुटबल कप-२०७८ हुने

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-१२ स्थित श्री अर्चले युवा क्लबले वार्षिक रुपमा गर्दै आएको ‘अर्चले फुटबल कप-२०७८’ को पाँचौं संस्करण गर्ने भएको छ । ‘युवाहरु बीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता-सभ्य स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता’ भन्ने मुल नाराका साथ पाँचौँ अर्चले फुटबल कप-२०७८ गर्न लागिएको हो ।

क्लगले अगामि माघ १५ देखि २४ गतेसम्म फुटबल प्रतियोगिता गर्ने तयारी गरेको प्रतियोगिता आयोजना मुल समारोह समितिका संयोजक सुदिप के.सी.ले जानकारी दिए । समाजका विभिन्न क्षेत्रमा छरिएर रहेका खेल प्रतिभाले भरिपूर्ण खेलाडीहरुलाई एकिकृत गर्दै स्वच्छ, स्वस्थ एवं मैत्रीपूर्ण खेल प्रदर्शन गराउने उद्देश्यका साथ अर्चले युवा क्लबले स्थापना कालदेखिनै विभिन्न प्रकारका खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको उनले बताए ।

तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन लगायत विभिन्न जिल्लाका गरी ४० भन्दा वढी युवा क्लबहरुको उत्साहजनक सहभागिता रहने, ४ सय भन्दा बढी खेलाडीहरु बीच स्वच्छ प्रतिस्पर्धा रहने गरी बृहत तयारी सुरु गरिएको क्लवले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख १ हजार १११, द्धितीयलाई ५५ हजार ५५५ रुपैयाँ नगद र कप, प्रमाणपत्र (खेलाडी), प्रशंसापत्र (क्लब), मेडलद्वारा पुरस्कृत गरिने भएको छ । यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, हरेक खेलको उत्कृष्ट खेलाडी र अनुशासित समूहलाई समेत पुरस्कारको व्यवस्था गरिएको र सहभागी हुने सम्पूर्ण समूहहरुलाई प्रशंसापत्र प्रदान गरिने क्लबका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker