यस वर्ष निजामती पुरस्कार पाउने ४० कर्मचारी (नामावलीसहित)

सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् ।

नाम छनोट भएकामा सर्वोच्च अदालतका सहरजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमार केसी सहसचिव, स्वास्थ्य सेवा विभागका डा भीमसिं तिङ्करी निर्देशक, महान्याधिवक्ताको कार्यालयका हरिशङ्कर ज्ञवाली उपन्याधिवक्ता, भूमि व्यवस्था तथा अभिलेख विभागका सुमना अर्याल वाग्ले निर्देशक, महिला तथा बालबालिका विभागका कमला ढकाल काफ्ले नायब सुब्बा, वेनी नगरपालिकाका छविलाल सुवेदी प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विष्णुदत्तत गौतम सहसचिव र महालेखा परीक्षकको कार्यालयका नेत्रप्रसाद पौडेल निर्देशक रहनुभएको छ ।

त्यसैगरी निजामती पुरस्कार पाउनेमा विभिन्न कार्यालयका ३० जना कर्मचारी छनोट भएका छन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लक्ष्मीकुमारी बस्नेत सहसचिव, राष्ट्रिय सतर्कता केन्द्रका ज्ञानराज सुवेदी सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कोशलचन्द्र सुवेदी सहसचिव (कानून), महेशविक्रम लागेजु शाखा अधिकृत र पूर्णप्रसाद अगस्ती कार्यालय सहयोगी, शहरी विकास मन्त्रालयका विष्णुप्रसाद शर्मा सहसचिव र अर्थ मन्त्रालयका दिलीपकुमार गौतम उपसचिव (राजस्व) हुनुहुन्छ ।

त्यस्तै निजामती कर्मचारी अस्पतालका भोलाप्रसाद चापागाईं उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शान्त नेपाल मरासिनी उपसचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका डा भोजराज शर्मा (काफ्ले) उपसचिव शिक्षा, निर्वाचन आयोगका गुरुप्रसाद वाग्ले उपन्याधिवक्ता, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका विपुलकुमार लाल दास सिनियर डिभिजन इञ्जिनीयर र लोकसेवा आयोगका सूर्यप्रसाद सापकोटा उपसचिव छनोट भएका हुन् ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केदारप्रसाद नेपाल सिनियर डिभिजन इञ्जिनीयर, नापी कार्यालय ताप्लेजुङका विज्ञान बञ्जारा अधिकृत, कृषि विभागका प्रमिला वाग्ले कृषि विकास अधिकृत, गृह मन्त्रालयका कुलशेखर अर्याल शाखा अधिकृत, पहाडी सानाकिसानका लागि अनुकुल आयोजना काठमाडौँबाट शिला ज्ञवाली सहायक वन अधिकृत र करदाता सेवा कार्यालय दिक्तेलका सुजितकुमार सिंह सहायक वन अधिकृत हुनुहुन्छ ।

त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका भक्तिप्रसाद भट्टराई लेखा अधिकृत, छत्रदेव गाउँपालिका अर्घाखाँचीका भेषराज पन्त शाखा अधिकृत, रक्षा मन्त्रालयका विन्ध्या कार्की लेखा अधिकृत र सङ्घीय संसद् सचिवालय जलेश्वरका राम शाखा अधिकृत (कानून) रहेका छन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका जिज्ञासा राई (याङ्खुरुङ) इञ्जिनीयर, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका भरतप्रसाद तिमिल्सिना, मुद्रण विभागका उत्तम खनाल वरिष्ठ मुद्रण सहायक, राष्ट्रपति कार्यालयका खडानन्द पौडेल कम्प्युटर अपरेटर, उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जका के आई सि गलान नायव सुब्बा, जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश शाह नायब सुब्बा र परराष्ट्र मन्त्रालयका अमरसिंह लामा कार्यालय सहयोगी रहनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

उक्त पुरस्कार २०६१ सालदेखि वितरण गरिदै आएको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि रु एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको राशि रु ५० हजार रहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker